सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानले विदेशबाट आउने यात्रुहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न अनुमति दिने भएको छ । आगामी महिनादेखि विमानस्थलमा आइपुग्ने बित्तिकै सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने अनुमति दिइने भएको हो ।

विगत दुई वर्षमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जापानी नागरिक र विदेशी आवासीय बासिन्दाहरू सबैलाई विमानस्थलबाट बाहिरिने क्रममा सार्वजनिक यातायातका साधनको प्रयोग गर्न रोक लगाएको थियो । विदेशबाट आउने यात्रीहरूले विमानस्थलबाट बाहिरिँदा सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने छैन भनेर लिखित प्रतिबद्धतामा हस्ताक्षर नै गर्नुपर्छ ।

सार्वजनिक रेल र बस मात्रै होइन ट्याक्सीकै प्रयोगमा पनि रोक लगाइएको थियो । तर बिहीबार सीमा नियन्त्रण खुकुलो बनाउने घोषणापछि प्रधानमन्त्री र मन्त्रिपरिषद्को वेबसाइटमा एउटा विज्ञप्ति जारी गरिएको छ । सो विज्ञप्तिमा विमानस्थलमा आएपछि घर जाँदा सार्वजनिक यातायातको साधन प्रयोग गर्न पाइने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया