काठमाडौं – ललितपुर महिला मेयर कप राष्ट्रिय टी-२० महिला क्रिकेट प्रतियोगिता फागुन १० गतेबाट हुने भएको छ।
ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिताको शुक्रबार तालिका सार्वजनिक भएको हो।
प्रतियोगिताको पाँच टिमको सहभागिता रहने भएको छ। प्रधामनन्त्री कपको सेमिफाइनलमा पुगेका चार टिम र सेमिफाइनल पुग्न नसकेका टिमबाट उत्कृष्ट खेलाडी छनोट गरेर एक टिम तयार गरिनेछ।
यो प्रतियोगिता त्रिभुवन विश्वविद्यालयको मैदानमा आगामी फागुन १६ गतेसम्म आयोजना हुने क्यानले जनाएको छ।
ललिपुर मेयर कपको उद्घाटन खेलमा ललितपुर मेयर ११ ले सुदुरपश्चिम प्रदेशको सामना गर्नेछ। प्रतियोगिताको पहिलो दिन नै हुने दोस्रो खेलमा भने प्रदेश १ ले नेपाल एपीएफको सामना गर्नेछ।
प्रतियोगिताको समूह चरणका खेल फागुन १४ गते सकिनेछ। सिंगल राउन्ड रोबिन शैलीमा हुने प्रतियोगिताको शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन्।