सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ । त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरेको हो ।

किभस्थित जापानी दूतावासले आइतवार आफ्नो अधिकांश कर्मचारी युक्रेन छोड्ने बताएको छ । सीमा नजिक मस्कोको सैन्य निर्माण पछि सम्भावित रुसी आक्रमणलाई लिएर तनाव द्रुततर गतिमा बढिरहेको छ ।

युक्रेनमा रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ केही कर्मचारीहरू मात्र देशमा रहने भएकाले सोमबारदेखि यसको काम थप सीमित हुनेछ ।

यसैबीच, धेरै देशहरूले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन् । वाशिंगटनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ र शनिबार आफ्ना दूतावासका अधिकांश कर्मचारीहरूलाई बाहिरिन आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया