शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

उसले त जितेर गयो मलाई हार स्वीकार भो ।
दस वर्ष बिते पनि माया न वार न पार भो ।

यसैगरी जिन्दगीको गाडी चल्दैन बुझ प्रिय
मेरो पनि त बलिदान आज त्यसै बेकार भो ।

फूल ओइलाउँछन् भमरा खान नपाई मर्छन्,
अब त जीवन पनि तर्न नसक्ने जँघार भो ।
रहर पूरा भो दस वर्षमा पाँच देश पनि फेरिए,
होला प्रिय तिम्रो आफ्नै छुट्टै मायालु संसार भो ।

भुल मलाई माया र माफीको सिद्धान्त अपनाऊ तिमी,
बनाऊ प्यारको काविल त्यही पनि विना आधार भो ।

  • गृष्मा पौड्याल
    टोकियो -जापान
तपाईको प्रतिक्रिया