Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – नेपालको ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको पहुँच पुगेको छ । कम्पनीका अनुसार ०७८ मंसिरसम्म कम्पनीको ग्राहक संख्या दुई करोड २७ लाख नाघिसकेको छ । कोभिडबाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद पनि आर्थिक वर्ष ०७७/७८ मा कम्पनीको कुल आय ४२ अर्ब २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । सो अवधिमा कम्पनीको खुद मुनाफा सात अर्ब १३ करोड भएको छ । चालू आवको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ । जुन गत आवको पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले वृद्धि भएको हो ।

इन्टरनेट डेटा सेवाग्राही ०७८ मंसिरसम्म कुल दुई करोड २० लाख ९७ हजारभन्दा बढी पुगेका छन् । सोमध्ये जिएसएम मोबाइलको डेटा सेवाका प्रयोगकर्ता दुई करोड १६ लाख ४५ हजार, एडिएसएल सेवाका प्रयोगकर्ता एक लाख ३१ हजार सात सय पुगेको कम्पनीले जनाएको छ ।

त्यस्तै, मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिका समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ । सो क्षेत्रमा हालसम्म ११ सय १२ किमि (५९.१६%) कार्य सम्पन्न भएको, २६ स्थानमा डिडब्लुडिएम सिस्टम जडान भई २४ स्थानमा सञ्चालनमा ल्याइसकेको तथा सम्पूर्ण ४७ स्थानमा कोर राउटर जडान कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया