Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालले १०औँ मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो । त्यसलगत्तै १२औँ मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गरेका थिए । नेपालले पहिलो मैत्रीपूर्ण खेल पनि जितेको थियो । विमल घर्तीमगरको गोलमा नेपालले पहिलो खेल जितेको थियो ।

७० औँ मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नवीन्द्र महर्जनले नेपालका पूजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्डको दर्शन गराएका थिए । त्यसपछि दुवै टोली दश खेलाडीमा सीमित बनेको थियो ।

त्यस्तै रेफ्री महर्जनले नेपाली गोलरक्षक प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्याण्डको बाटो देखाएका थिए । त्यसको ७९औँ मिनेटमा मोरिससका वैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो ।

यस जितपछि नेपालले दुई खेलको शृंखलाका दुवै प्रतिस्पर्धा जितेको छ । नेपालले पहिलो खेल पनि समान १-० ले जितेको थियो ।

तपाईको प्रतिक्रिया