शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहर भन्दा अहिले तेस्रो लहरमा अस्पताल भर्ना हुने दर करिब ४ गुणा कम देखिएको बताएको छ । यस्तै भेन्टीलेटरमा भर्ना हुनेको संख्या करिब ५ गुणा कम देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ८३ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल २० हजार ३ सय ५९ जनाको नमुना परीक्षण गरिदा यति संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ४९ जना आरटीपीसीआर ६ हजार ८ सय १० एन्टीजेन विधिबाट नमुना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो अवधिमा ४ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् । यसअवधिमा २ लाख ५६ हजार ४ सय १६ जनाले खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।

तपाईको प्रतिक्रिया