बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – बुधबार २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

यसअघि नेपालको जनसंख्या ३ करोड भन्ने गरिएको थियो। तर अहिले यसबाट पनि घटेर आएपछि कतिपय अचम्ममा परेका छन्।

यसै क्रममा कलाकार दीपकराज गिरीले आफ्नो धारणा व्यक्त गरेका छन्।

‘१० वर्ष भयो ३ करोड जनसंख्या भनेको। आज पनि २ करोड ९१ लाख मात्रै पो रहेछ’, उनले बुधबार सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘देशमा भ्रष्टाचार, गरिबी, हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ गाँठे!’

तपाईको प्रतिक्रिया