शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ — चेल्सीले एक गोलको अग्रतालाई आत्मसमर्पण गरेपछि ब्राइटनले इंग्लिस प्रिमियर लिगमा युरोपेली च्याम्पियनमाथि मंगलबार १–१ को बराबरी गरेको छ । चेल्सीले हाकिम जियेचको गोलले २८ औं मिनेटमा अग्रता लिएको थियो ।
खेलको ६० औं मिनेटमा ब्राइटनले बराबरी गोल फर्कायो । उसका लागि एडम वेबस्टरले यो गोल गरे । लिगका पछिल्ला सात खेलमा चेल्सीले एकै जित मात्र हात पारेको छ ।

यो नतिजापछि चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा रह्यो र उपाधि होडमा उसको चुनौती अझ कमजोर पनि भएको छ । ब्राइटन भने २९ अंकमा नवौं स्थानमा छ

तपाईको प्रतिक्रिया