आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका गरेका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन’, उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ! निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’ यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई पनि कोरोना संक्रमण भइसकेको छ ।

तपाईको प्रतिक्रिया