बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडाैं – काबुलमा यही अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जामा लिएपछि प्रायः अफगानी देश छोड्न खोजिरहेका थिए ।

देश छोडेर हजारौं मानिस विमानस्थल जाने क्रममा भिडभाड बढेपछि दुई महिनाका बालक सोहिल अहमादीलाई काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिइएको थियो । अमेरिककी दूतावासमा सुरक्षाकर्मीको रुपमा काम गरेका उनका बाबु भिर्जा अली अहमद, आमा सुराया काबुल छोड्ने अमेरिकी विमानको एउटा उडानमा चढिसकेका थिए । उनीहरुले सोहिल देखेनन् । सोहिलको खोजी भयो, तर भेटिएनन् । विमान अमेरिकातर्फ उडिहाल्यो । छोरा कहाँ छुटे उनीहरुलाई केही थाहा भएन् ।

हराएको सानो बालकका कारण उनीहरु महिनौं तड्पिएर बाँचे । तर, रोयर्टसको एउटा समाचारमा हराएका ती बालक’ एउटा विवरण सार्वजनिक भयो । सोहिल’ परिवारको खोजी भन्ने शीर्षकमा रोयर्टसको समाचार विवरणपछि यही नोभेम्बरमा ती बालक २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा फेला परेका थिए ।

विमानस्थलको एउटा मैदानमा रोइरहेका अवस्थामा साफीले बालकलाई देखेका थियाै । बालकका परिवार खोज्ने क्रममा उनले सोहिललाई आफ्नो घरमा लगे । लामो खोजी गरे । बालकको जिम्मा लिने कोही भेटाएनन् । त्यसपछि सोहिललाई आफ्नै सन्तान झैं गरेर पाल्ने निधो गरे । श्रीमतिसँग सल्लाह गरेर उनले बालकको नाम मोहमद अबेद राखे । आफ्ना सन्तानसहित सोहिलको तस्विर पनि आफ्नो फेसबुक पेजमा राखे ।

आफ्नो नाती जिवितै फेला परेको थाहा पाएपछि उनका हजुरबुबा क्वासेम रजवी उत्तरपूर्वी प्रान्त बादक्सानबाट लामो यात्रा गरेर साफीको घर पुगे । तर, साफीले सोहिललाई दिन मानेन् । बरु आफू र आफ्नो परिवारलाई पनि अमेरिका लगिनु पर्ने माग गरे ।

४९ दिन लामो वार्ता तथा छलफलपछि तालिवान प्रहरीले दुई परिवारबीचको समस्या समाधान गर्‍याे । सहमतिबमोजिम शनिबार साफीले हजुरबुबालाई बालक फिर्ता गरिदिए । आफ्नो सन्तान पाँच महिनापछि फेला परेकोमा उनका आमाबाबु निकै खुसी छन्, यद्यपी उनीहरु अमेरिकामा नै छन् । ‘उनीहरु अहिले नाच गान गरेर रमाएका छन्,’ उनका हजुरवुवाले भने ।

तपाईको प्रतिक्रिया