Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पछिल्लो तीन दशकमा उल्लेख्य सुधार भएर नेपालीको औसत आयु ७१ दमशलव ३ वर्ष पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले अघिल्लो आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को जनसांख्यिक सूचक प्रतिवेदनले नेपालीको सरदर आयुमा उल्लेख्य सुधार भएको देखाएको हो ।

कार्यालयका अनुसार पुरुषको औसत आयु ६८ दमशलव २ वर्ष र महिलाको औसत आयु ७३ दशमलव ८ वर्ष छ । यसले पुरुषको तुलनामा महिलाको सरदर आयु झण्डै पाँच वर्ष बढी देखाएको हो । कुनै व्यक्तिको औसत बाँच्ने अवधिलाई औसत आयु मानिन्छ । प्रतिवेदनका अनुसार सर्वाधिक औसत आयु कर्णाली प्रदेशमा ७२ दशमलव ५ वर्ष छ । बागमती प्रदेशमा सरदर आयु ७२ दशमलव ४ वर्षछ । सबैभन्दा कम लुम्बिनी प्रदेशमा ६९ दशमलव ५ वर्ष मात्रै औसत आयु छ ।

पछिल्ला दशकमा नेपालले उल्लेख्य प्रगति गरेको क्षेत्र औसत आयुको वृद्धि पनि एक हो । एक दशकअघि २०६८ सालमा नेपालीको औसत आयु ६६ दशमलव ६ वर्ष मात्रै थियो । २०५८ सालमा औसत आयु ६० दशमलव ४ वर्ष थियो । २०४८ सालमा यो ५४ दशमलव ३ वर्ष मात्रै थियो । २०३८ सालमा नेपालीको औसत आयु ४९ दशमलव ८ वर्ष थियो । स्वास्थ्योपचारको पहुँचमा वृद्धि, स्वस्थ खानपान तथा जन्मने बित्तिकै मर्ने बालबालिकाको संख्यामा आएको कमीले औसत आयु बढाएको हो । औसत आयुको वृद्धिलाई मानव विकास सूचकांकको एउटा पक्ष मानिन्छ ।***

तपाईको प्रतिक्रिया