Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयले अनिवार्य रूपमा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा विद्यार्थी आकर्षण गर्ने नाममा अधिकांश संस्थागत विद्यालयले अंग्रेजी नाम राख्ने गरेका छन् । साथै युरोप, अमेरिकालगायत विकसित मुलुकमा उत्कृष्ट ठहरिएका शैक्षिक संस्थाको नाम राखेर विद्यालय खोल्ने क्रम पनि बढेको छ ।

त्यस्ता विद्यालयले नेपालीपनलाई संरक्षण गर्न नसकेको बताउँदै महानगरपालिकाले अबदेखि अनिवार्य रूपमा नेपालीमा नै नाम राख्न निर्देशन दिएको छ । नेपालीपन झल्कने गरी नामकरण नगर्ने विद्यालयलाई आगामी शैक्षिक सत्रदेखि विद्यार्थी भर्नामा रोक लगाउने चेतावनी पनि महानगरपालिकाले दिएको छ । अहिले काठमाडौंमा मात्रै नभएर अन्य जिल्लामा समेत अंग्रेजीमा विद्यालयको नाम राख्ने चलन बढेको छ तर काठमाडौं महानगरपालिकाले मात्रै नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको हो । महानगर शिक्षा विभागका अनुसार महानगरपालिकाभित्र अंग्रेजी वा विदेशी शैक्षिक संस्थाको नाम राखेर सञ्चालित ३ सय २३ संस्थागत विद्यालय रहेका छन् । ***

तपाईको प्रतिक्रिया