Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आएको विभिन्न निशुल्क सीप तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका छन् । त्यसमध्ये टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएको महानगरले जनाएको छ । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौं महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेसासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो । तालिमका कक्षाहरू वैशाख १९ गतेदेखि निरन्तर चलिरहेका छन् ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने लक्ष्य छ।तालिमका लागि अनलाइन फर्मबाट आवेदन लिइरहेको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ’, उनले भने । झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । सीप मेलाका लागि पनि सुरुमा अनलाइन आवेदनमात्रै लिने भनिएको थियो । तर धेरै संख्यामा आवेदकहरुले मेलास्थानमै फारम भर्न पाउने माग गरेकाले उनीहरुको मागबमोजिम टुँडिखेलमै पनि फाराम भर्ने अवसर दिइएको महानगरले जनाएको छ ।

सीप मेलाको अन्तिम २ दिन रोजगार मेला पनि हुनेछ । यस दिन रोजगारदाता स्टलमै आउने र तालिम लिएकाहरुलाई छनोट गरेर रोजगारी दिने महानगरले जनाएको छ । ‘यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ’, महानगरले भनेको छ ।

 

तपाईको प्रतिक्रिया