सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

अधिकांश नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढी ध्यान दिन्छन् । कामका कारण चाँडै निस्कनु पर्नेहरूले बिहान सामान्य र बेलुका विशेष परिकार खाने गर्दछन् । तर रातीको खानामा केही कुरा छन् जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।

  • बेलुकीको खाना साँझ ८ बजे अगावै खानु उपयुक्त हुन्छ ।
  • रातिको खाना हल्काफुल्का मात्र खानु पर्दछ ।
  • राति ढिलो खाना खाँदा एसिडिटी बढ्ने, पेट भारी हुने र अपच हुने समस्या हुन सक्छ ।
  • ढिलो खाना खाँदा खाना राम्ररी पच्दैन र निद्रा पनि बिग्रने सक्छ ।
  • रातिको मसला हालेको खानेकुरा खानु हुँदैन ।
  • यस्ता खानाले कब्जियत हुने, पेट फुल्ने, छाती पोल्ने र अपच हुने हुन सक्छ ।
  • खाना खाने क्रममा वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन ।
  • खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनु पर्दछ ।
  • खाना खाए लगत्तै पानी पिउँदा पाचन प्रणाली गडबड हुन्छ र निद्रा पनि भाग्छ ।
  • खाना खाएको दुई घण्टापछि मात्र सुत्नुपर्छ ।
  • खाना खाएपछि केहिबेर हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ ।
  • थाकेर निद्रा लागेको छ भने केही नखानु उपयुक्त हुन्छ ।
  • राति दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खादा पनि हुन्छ ।

तपाईको प्रतिक्रिया