सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – ब्राजिलको एउटा तालमा डुङा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घटनामा २० जना बेपत्ता भएका छन् ।

ब्राजिलको दक्षिणपूर्वी क्षेत्रको मिनास गेराइस राज्यको तालमा ४७ यात्रु सहितको डुंगामाथि चट्टान सहितको ढिस्को खस्दा दुर्घटना भएको हो । तालको छेउमा रहेको चट्टान दुई चिरा भई डुंगामाथि खसेको जनाइएको छ ।

ब्राजिलमा केही दिनदेखि जारी लगातार वर्षाका कारण चट्टान खसेको अनुमान गरिएको छ । तालमा खसेको चट्टानमा ३ वटा डुङा ठोक्किएका थिए ।

तपाईको प्रतिक्रिया