सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – उत्तरी पाकिस्तानमा भारी हिमपातका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

मुरीको पहाडी सहरमा हिमपात हेर्न पुगेका पर्यटकहरूको करिब एक हजार सवारी साधनहरू अलपत्र परेका छन्।
आपतकालीन सेवाहरूका अनुसार हिमपातका कारण  १० बालबालिकासहित कम्तिमा २१ जनाको मृत्यु भएको छ। कम्तिमा छ जनाको कारमा जमेर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय आकस्मिक सेवा रेस्क्यू ११२२ का अनुसार मृत्यु हुनेमा एक प्रहरी, उनकी श्रीमती र छ जना छोराछोरीका साथै परिवारका पाँच जना रहेका छन् ।

सेनाले सडक खुलाउन र अझै फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेको छ।

राजधानी इस्लामावादको उत्तरमा रहेको क्षेत्रमा यात्रा गर्ने मानिसहरूको सङ्ख्याका कारण सङ्कट उत्पन्न भएको गृहमन्त्री शेख रसिदले बताएका छन् । हालैका दिनहरूमा औपनिवेशिक युगको सहरमा एक लाख  भन्दा बढी कारहरू पुगेका थिए । पाकिस्तानमा सामाजिक सञ्जालहरू हिउँको आनन्द लिइरहेका मानिसको तस्बिरहरूले भरिएका थिए।

तर शुक्रवारपछि त्यहाँ पुगेका पर्यटक भने फसेका छन्। शनिबार, भारी हिउँ र सवारी साधनहरूको वृद्धिले अधिकारीहरूलाई त्यस क्षेत्रलाई प्रकोप क्षेत्र घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा भएका तस्विर र भिडियोहरूले फसेका कारहरूको छतमा हिउँ जमेको देखिन्छ ।

तपाईको प्रतिक्रिया