Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – प्रक्षेपण असफल भएको रसियाको एक रकेटको भग्नावशेष बुधवार पृथ्वीमा खस्ने क्रममा प्रशान्त महासागरमा छरिएका छन् । रुसी समाचार निकाय तासका अनुसार गत डिसेम्बरमा प्रक्षेपित रुसको आन्गारा- ए५ रकेटको भाग खसेको एपीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

खगोलविद् जोनाथम म्याकडोवेलले उक्त रकेट हजारौँ वर्षका लागि पृथ्वीको कक्षमा राख्ने उद्देश्यले प्रक्षेपण गरिएको अमेरिकी सञ्चार माध्यम सीएनएनलाई बताएका छन् । दुर्घटनाग्रस्त भई पृथ्वीतर्फ खसेको सो रकेटको भग्नावशेष अनियन्त्रित गतिमा प्रशान्त महासागर माथिको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो ।

तासका अनुसार पहिलो पटक गत २७ डिसेम्बरमा उत्तर पश्चिमी रसियाको प्लेसेत्सक अन्तरिक्ष बन्दरगाहबाट आन्गारा – ए५ रकेटमा रकेटको माथिल्लो भाग पर्सेइ वूस्टरलाई प्रक्षेपण गरिएको थियो । अठारौँ स्पेश कन्ट्रोल स्टेसनले रकेटको माथिल्लो भाग पृथ्वीमा खसेको पुष्टि गरिसकेको छ ।

युरोपेली अन्तरिक्ष निकायले पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा सो रकेटको भाग साढे सात किलोमिटर प्रति सेकेन्डको गतिमा झरेको इन्साइडरलाई बताएको छ । तर भग्नावशेष यकिन रूपमा कहाँ खस्यो भन्ने स्पष्ट हुन सकेको छैन । पृथ्वीको सतहमा पुग्ने भग्नावशेषको सुख्खा पिण्ड चार टन बराबरको हुने बताइएको छ । यो रकेट रुसी रक्षा मन्त्रालयले प्रक्षेपण गरेको हो । रक्षा मन्त्रालयले यस घटनाप्रति कुनै प्रतिक्रिया जनाएको छैन । यसरी नै दुर्घटना हुँदा गत मे महिनामा चीनको लंग मार्च ५ बि रकेटको साढे बाइस टन भग्नावशेष मालदिभ्स नजिकको हिन्द महासागरमा खसेको थियो ।

तपाईको प्रतिक्रिया