Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ । पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ । यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै महत्त्वपूर्ण छ ।

तर विज्ञान र प्रविधिको विकास र विस्तारले धेरै कुरा नयाँ नयाँ भइरहेको छ । केही समय अगाडिसम्म कल्पना समेत गर्न नसकिने र अहिले पनि सुन्दा अचम्म लाग्ने यस्ता आविष्कारहरू भएरहेका छन् ।

यस्तै एउटा नयाँ र अपत्यारिलो लाग्ने आविष्कार हाम्रो छिमेकी देश जनवादी गणतन्त्र चीनका वैज्ञानिकहरूले गरेका छन् । चिनियाँ वैज्ञानिकहरूको सहयोगमा चीनले आफ्नै सूर्य बनाइसकेको छ । कृतिम चिनियाँ सूर्यले वास्तविक सूर्यले जस्तै पृथ्वीमा प्रकाश फ्याँक्नेछ ।

चीनले १७ मिनेटसम्म ‘कृत्रिम सूर्य’ चलायोचीनले यसै साता पारमाणविक फ्युजन भट्टीको सुरुवात गरेको छ । जसलाई कृत्रिम सूर्य भन्ने गरिन्छ ।

चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार वास्तविक सूर्यभन्दा पाँचगुणा तातो भट्टीलाई १७ मिनेटसम्म चलाइएको थियो । परीक्षणको बेला १७ मिनेटसम्म ७ करोड डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको छ ।

चीनले यस पारमाणविक फ्युजन रियाक्टबाट असीमित सफा ऊर्जा उत्पादन गर्ने लक्ष रहेको जनाएको छ ।

दसकौँ लामो अनुसन्धानपछि पनि कृत्रिम सूर्य निर्माण गर्न कठिन भएको थियो ।

चिनियाँ विज्ञान प्रतिष्ठानको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका अनुसन्धानकर्ता तथा यस प्रयोगका प्रमुखहरूमध्ये एक गोंग सिनाझुले पछिल्लो कार्यले फ्युजन रियाक्टर चलाउन ठोस वैज्ञानिक र प्रयोगात्मक आधार प्राप्त भएको जनाएका छन् ।

“यदि चीनले निरन्तर आफ्नो कृत्रिम सूर्यमाथि काम गर्न सकेमा हामीले भविष्यमा अझै धेरै सफलता हासिल गर्न सक्छौँ । १७ मिनेट यसलाई चलाउन सक्नु भनेको लामो समय होइन । तर, लामो समयसम्म ७ करोड डिग्री सेल्सियस तापक्रममा चलाउन सक्नु निकै प्रभावकारी हुनेछ । हामीले यसअघि पनि १० करोड डिग्रीका अन्य कृत्रिम सूर्यहरूपनि देखिसकेका छौँ,” उनले भने ।

वास्तविक सूर्यको भौतिकशास्त्रको नक्कलमा कृत्रिम सूर्य बनाइन्छ ।

कृत्रिम सूर्यले परमाणविक न्युक्लेइलाई एकीकृत गरेर बृहत परिमाणमा ऊर्जा निकाल्ने गर्छ । कृत्रिम सूर्य चलाउन कुनै जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज नफाल्ने भएकाले पनि यसले वातावरणलाई निकै कम खतरा पुर्‍याउने भौतिकशास्त्रीहरूको भनाइ छ ।

विश्वमा कृत्रिम सूर्य बनाउने चीन एक मात्र मुलुक भने होइन । चीनको यसै रियाक्टर टोलीले फ्रान्सको मार्सिल्लेमा पनि काम सुरु गर्ने भएको छ ।

त्यसैगरी बेलायतले पनि आफ्नै परमाणविक फ्युजन पावर स्टेसन बनाउने योजना बनाएको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया