Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं–  कार दुर्घटनाका अधिकांश कारणमध्ये एक नशाले मात्तिएर कार हाँक्नु पनि हो । यदि कार आफैंले मादकपदार्थ सेवन गरेका व्यक्तिलाई कार चलाउनबाट रोक्न सकेको खण्डमा सवारी सुरक्षामा ठूलै क्रान्ति आउन सक्छ ।

अब केही वर्षपछि यस्तै कार आउने भएको छ । अमेरिकाको पछिल्लो भौतिक पूर्वाधार कानुनमा केही वर्षभित्र नयाँ कारहरुमा मादक पदार्थ पिएको जाँच्ने र पिएकालाई कार चलाउन रोक्ने नयाँ प्रविधि जडान गरिनु पर्ने प्रावधान उल्लेख गरिएको छ ।

केही कार निर्माण कम्पनीले यस्तो प्रविधि विकासका लागि दौडधुप सुरु गरिसकेका छन् । राजमार्ग सुरक्षाका लागि बिमा प्रतिष्ठानका अध्यक्ष डेविड हार्कीले भनेका छन्, “मेरो विचारमा यो प्रविधिले एयरब्यागले भन्दा बढी ज्यान बचाउने छ । हामी वर्सेनी मदिरा पिएर कार चलाएकै कारण ज्यान गुमाउने अमेरिकाका दस हजारभन्दा बढी व्यक्तिकाबारे कुरा गर्दैछौं ।”
केही वर्षदेखि रगतमा रहेको अल्कोहलको स्तर नापेर र क्यामेराहरु मार्फत ‘मात’ चढेका संकेतहरु पत्ता लगाउने जस्ता प्रविधि अपनाइँदै आएको छ ।

अहिले परीक्षण गरिँदै गरेको एक प्रणाली अनुसार ट्युवमा फुक्नै नपर्ने गरी सडकमा सेन्सरहरुले स्वचालित रुपमा श्वासको नमुना र रक्सीको अवशेष हेर्ने गर्दछन् ।

सरकार र अटोनिर्माताहरुबीचको संयुक्त परियोजना ड्राइभर अल्कोहल डिटेक्सन सिस्टम फर सेफ्टी (डीएडीएसएस)ले यदि ड्राइभरको रक्त – अल्कोहल स्तर वैधताभन्दा माथि रहेको पत्ता लगाएर कार चलाउन नदिने प्रविधि विकासका लागि काम गरिरहेको छ । डीएडीएसएसका अनुसन्धानकर्ताहरुले कारको ड्यासबोर्ड वा झ्यालनजिक जडान गर्न मिल्ने सेन्सरहरु बनाएका छन् । चालकले सेन्सर राखेतिर हावाको एक झोक्का फुके मात्र पुग्छ ।

स्पर्शमा आधारित सेन्सरसँग सम्बन्धित अर्को प्रविधिमाथि पनि काम भइरहेको छ । त्यसले चालकको औंलाको टुप्पोमा बत्ति बालेपछि प्रतिविम्वित बत्तिमा रगतमा रहेको अल्कोहलको मात्रा देखाउँछ । तर, यो अझै ‘प्रोटोटाइप’ चरणमै रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया