बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – संसारभर कै विभिन्न विकट ठाउँहरुमा बुढा-बुढी आमा वुवाहरु खाली खुट्टा हिड्ने गरेको अझै पनि पाइन्छ गाउँका ससाना बालबालिकाहरु पनि खाली खुट्टा हिड्छन् तर हामीलाई थाहा नहुन सक्छ की खाली खुट्टा हिड्दाको फाइदा के छ भनेर?

खाली खुट्टा हिड्नु  स्वास्थ्यका लागि निकै फाइदाजनक छ । नांगो खुट्टाले पैदल हिँड्दा शरिरका पुरै मांशपेशी शक्रिय हुने गर्छन् ।  प्रकृतिको सम्पर्कमा नांगो पैताला पैदल हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुने एक अध्ययनले देखाएको छ । विशेषज्ञहरूले यसलाई अर्थिङ सिद्धान्त नाम दिएका छन् ।

लन्डनको वेस्टर्न युनिभर्सिटीका हेल्थ लेक्चरर गिलियन मेन्डिचका अनुसार जमिनमा पाइने कतिपय लाभदायी ब्याक्टेरियाले तनाव कम गर्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् । खाली खुट्टा जमिनमा हिँड्दा मांसपेशी सक्रिय हुने, धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चारित हुने जस्ता फाइदा पुग्ने विज्ञहरू बताउँछन् ।

यसबाट जोर्नीको दुखाइ, अनिद्रा र मुटुसम्बन्धी समस्यामा कम हुने विज्ञहरुको तर्क छ ।

जापानले धेरै समय अघि देखि नै  “BARE FOOT EDUCATION” खाली खुट्टा शिक्षा लागु गर्दै आएको छ । विशेष गरी बच्चाहरूको लागि लक्ष्य गरिएको यो शिक्षा प्रणाली तर्फ अहिले जापानका धेरै अभिभावकहरु आकर्षित भएका छन् । खाली खुट्टा  मस्तिष्क विकासको लागी राम्रो हुने मानिन्छ ।  जसकारण जापानी स्कूलहरूले समय समयमा आफ्ना विद्यार्थीहरूहरुलाई खाली खुट्टा खेल्न वा हिडडुल  गर्न उचित वातावरण तयार गर्ने गरेका छन् ।

खाली खुट्टा हिँड्दा पैतलाको कारण शरीरमा एकुप्रेशर हुने गर्छ । जुत्ता- चप्पल नलगाई हिँड्दा पैतलास्थित पञ्जाका नशामा दवाव पर्न जान्छ । यसले रक्त सञ्चारलाई तिव्र बनाउँछ । शरीरको सबै अंग हात र खुट्टाको पञ्जामा भएका नसासँग जोडिएको हुन्छ । जसलाई अकुप्रेशर प्वाइन्ट भनिन्छ । यसमा दवाव पर्दा शरिरको सबै अंगमा सकरात्मक प्रभाव पैदा हुन्छ ।

हामीले १०-१२ पाइला खाली खुट्टा हिड्दा शरीरमा एकुप्रेशर थेरापी नै हुन्छ । जसले शरीरमा लामो समयसम्म स्वस्थ रहनको लागि मदत पुग्छ ।

तपाईको प्रतिक्रिया