Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टका कारण अहिलेसम्म कसैको मृत्यु पुष्टि नभएको जानकारी दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि मृत्यु नभएको पुष्टि डब्ल्यूएचओले जनाएको छ । तर सङ्क्रमण फैलिरहेकोले सचेत रहन आग्रह गरेको छ ।

डब्ल्यूएचओका सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे । कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउन पनि उनले सुझाव दिएका छन् ।

अहिले ओमिक्रोन भेरियन्ट विभिन्न ४० मुलुकमा फैलिसकेको छ । अहिलेसम्म यो भेरियन्टलाई अहिले बजारमा रहेका खोपले काम गर्छ कि गर्दैन भन्ने खुल्न सकेको छैन ।

यसअघि दक्षिण अफ्रिकाका केही वैज्ञानिकले ओमिक्रोनले भेरियन्टले कोरोना खोपको प्रभावकारिता पनि कम गर्ने बताएका थिए । यद्यपि यस विषयमा निष्कर्षमा पुग्न थप अध्ययनको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया