Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – आठ जना अमेरिकी नागरिकमा कोरोनाको ओमिक्रोन भाइरस संक्रमणको पुष्टि भएपछि अमेरिकाले यात्रा नियमलाई कडा बनाएको छ । नयाँ नियम अनुसार आगामी मार्चसम्मका लागि सार्वजनिक स्थान, यातायात र हवाइ यातायातमा समेत मास्क अनिवार्य गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्तै अमेकिारबाट बाहिर जान चाहने यात्रुहरुले २४ घण्टा अगाडि कोरोना परीक्षण गरेको हुनुपर्ने छ । क्यालिफोर्नियामा एक जना ओमिक्रोन संक्रमित भेटिएको लगत्तै न्युयोर्कमा ५ जना तथा मिनेसोटा र कोलोराडोमा एक एक जना संक्रमित देखिएपछि नयाँ नियम जारी गरिएको हो ।

यस्तै स्वास्थ्य वीमा गरेकाहरुलाई निजी वीमा कम्पनीहरु मार्फत घरमै स्वास्थ्य परीक्षणको ब्यवस्था गरिएको छ भने इन्स्योरेन्स नगरेकाहरुलाई स्वास्थ्यचौकी र दुर्गम स्वास्थ्य केन्द्रहरुबाट घर घरमै परीक्षण गर्ने ब्यवस्था पनि गरिएको छ । यस्तै पाका उमेरका नागरिकहरुलाई बुस्टर डोज लगाउने र खोप नलगाएकाहरुलाई खोप लगाउन प्रोत्साहित गरिने भएको छ ।

तर अमेरिकाले लकडाउन भने नगर्ने भएको छ । यता, जर्मनीमा भने कोरोनाको खोप नलगाएकाहरुलाई सार्वजनिक स्थानमा घुलमिल हुनबाट रोकिने भएको छ । विदा हुन लागेकी जर्मन चान्सलर एंगेला मर्केलले देशका क्षेत्रीय नेताहरुसंगको छलफलपछि यस्तो निर्णय लिनुभएको हो । रेष्टुराँ, सिनेमाहल, सपिङ मल जस्ता सार्वजनिक स्थानमा खोप लगाएका वा भर्खरै कोरोना निको भएकाहरुलाई मात्रै प्रवेश अनुमति दिइने छ ।

तपाईको प्रतिक्रिया