Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – हाँस्यकलाकार पल्पसा डंगोल मिर्गौला प्रत्यारोपणको अन्तिम चरणमा पुगेकी छन् । मिर्गौला प्रत्यारोपणका लागि गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी अबको २ महिनाभित्र उनको मिर्गौला प्रत्यारोपण भइसक्ने छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कानुनी प्रक्रिया पूरा गरेर अस्पतालबाट फर्किएपछि पल्पसाले भनिन्, ‘अब चाँडै मिर्गौला पाउने भएँ । यही माघमा नै प्रत्यारोपण हुने भएको छ, तर मिति भने पक्का भएको छैन ।’ लामो समयदेखि मिर्गौला रोगको उपचार गराउँदै आएकी पल्पसाका दुबै मिर्गौला खराब भएका छन् । गत साउनमा दुबै मिर्गौलामा खराबी आएपछि उनी करिब ३५ दिन अस्पताल भर्ना भएर बसेकी थिइन् ।

मिर्गौलामा खराबी आएपछि अभिनयबाट टाढा भएकी पल्पसा गत साताबाट सुटिङ सेटमा फर्किएकी छन् । अस्पताल भर्ना भएर बसेको बेला सुटिङ सेटमा पुनः फर्किने आशा मारेकी पल्पसाले सुटिङका कपडा निकालेर घरबाट निस्कँदा निकै भावुक भएको बताइन् । पल्पसालाई परिवारकै एक सदस्यले मिर्गौला दान गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया