Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

काठमाडौं – पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घर जग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घर जग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत आर्थिक वर्ष (आव) २०७७ /७८ को पहिलो ९ महिनामा घर जग्गाको मूल्यवृद्धि कम भएको देखिएको हो ।

मालपोत कार्यालयबाट रजिस्ट्रेशन पास गर्दा राख्ने थैली रकम र वाणिज्य बैंकहरूले कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घर जग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारबाट घरजग्गाको मूल्य संकलन गरिएको हो । त्यसमा वाणिज्य बैंक धितो मूल्यांकनको आधारमा गत आवको ९ महिनामा घरजग्गाको मूल्यवृद्धि १६ दशमलव ३१ प्रतिशतमा झरेको छ ।

अघिल्लो आव २०७६ /७७ यस्तो मूल्यवृद्धि २६ दशमलव ४५ प्रतिशत रहेको थियो । यस्तै, मालपोत कारोबारको आधारमा गत आवको समीक्षा अवधिमा यस्तो मूल्यवृद्धि १२ दशमलव ५७ प्रतिशतमा झरेको छ, अघिल्लो आवमा भने यस्तो मूल्यवृद्धि १९ दशमलव ७३ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया