Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग टेलिफोन वार्ता गर्दै हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोगको अपिल गरेकी छन्।

हमास र इजरायलबीच शान्ति वार्तामा मध्यस्थकर्ता रहेका खुलाइफीसँग कुरा गर्दै मन्त्री राणाले कतार नेपालको घनिष्ठ मित्र राष्ट्र रहेको स्मरण गराउँदै विपिनको रिहाइमा विशेष पहल गर्न आग्रह गरिन्। उनले कतारले युद्धविराम र शान्ति वार्ताका प्रयासमा गरेको भूमिकाको प्रशंसा पनि व्यक्त गरिन्।

वार्ताको क्रममा खुलाइफीले हमासलाई युद्धविरामको दिशामा अघि बढाउन र अपहरणमा रहेका व्यक्तिहरूको रिहाइका लागि कतारले सक्रिय प्रयास गरिरहेको बताए। उनले हमासद्वारा केही बन्दी रिहा गर्ने प्रक्रिया सुरु भएको जानकारी गराउँदै, नेपाली युवा विपिनको रिहाइलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। साथै, पहिलो चरणमा सम्भव नभएमा बाँकी प्रक्रिया अन्तर्गत विपिन अपहरणमुक्त हुने विश्वास व्यक्त गरे।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया