Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले नेपाली समाजमा प्रकृति, संस्कृति र सभ्यताप्रतिको सम्मानलाई प्रोत्साहन गर्दै न्यायसहितको समतामूलक समाज निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। माघे सङ्क्रान्ति पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्वलाई नेपालका विभिन्न जातजातिले आफ्नो विशेष शैलीमा हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको स्मरण गराएका छन्।

थारू समुदायका लागि यो पर्व नयाँ वर्षको सुरुवात हो भने तराईवासीले यसलाई ‘नहान’ अर्थात् स्नानको पर्वका रूपमा मनाउँछन्।बराहक्षेत्र, देवघाट, रिडीक्षेत्र जस्ता पवित्र स्थानमा स्नान र पूजाको परम्परा उल्लेख गर्दै, राष्ट्रपति पौडेलले यो पर्वमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी र खिचडी लगायतका परिकारहरू खाएर परिवारसँग समय बिताउने प्रचलनबारे जानकारी गराए।

उनले यस्ता मौलिक पर्वहरूले सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचानको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। यस्तै, यस्ता पर्वहरूले आपसी एकता, मेलमिलाप र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकताको जग बलियो बनाउन मद्दत पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया