Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार टिकिराखोस् भन्ने चाहना नरहेको स्पष्ट पारेका छन् । उनले यो सरकार छिट्टै ढल्ने र बल गर्न नपर्ने समेत बताएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा मंगलबारदेखि सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आएका उनले प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा पार्टी अहिले नै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे ।

‘यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन,’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘मैले मिति घोषणा गर्न सक्दिनँ । तर, यो सरकारको आयु चाहिँ धेरै छैन।’ सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाइ छ । अहिले आफूहरू जनताको बीचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नगाल्ने जिकिर समेत अध्यक्ष दाहालले गरे ।

सरकारलाई असंवैधानिक, अप्राकृति संज्ञा दिँदै उनले यसको नियतमा खोट रहेको बताए । उनले अघि थपे, ‘दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरीह सरकार हो ।’ संविधानको एउटा धारा छाडेर अर्को प्रयोग गरी सरकार बनाइएकाले यो असंवैधानिक र अप्राकृतिक रहेको दाहालले तर्क गरे ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया