Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब ३ अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका छन् । व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको आयात गरेको बताएका छन् ।

काठमाडौंलगायत देशका सबैजसो भागमा जाडो बढ्दै गएपछि बजारमा बाक्लो तथा न्यानो कपडाको माग बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति तथा लामो समयदेखि नेपाल चीन व्यापारमा संलग्न दिलसुन्दर श्रेष्ठले नेपालमा जाडो मौसमका लागि हरेक वर्ष करीब ३ अर्ब रुपैयाँ बराबरको लत्ताकपडा आयात हुुने गरेको बताए ।

उनका अनुसार यसमध्ये चीनबाट मात्रै करीब ६० प्रतिशत न्यानो लुगाको आयात हुने गर्छ । भारत, थाइल्यान्ड मलेशिया तथा कोरियाबाट समेत गरी बाँकी ४० प्रतिशत न्यानो कपडाको नेपालमा आयात हुने गर्छ । दिनप्रतिदिन चिसो बढ्दै गएकाले काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक, भृकुटीमण्डप, कोटेश्वर, कलंकीलगायत अन्य स्थानमा न्यानो लुगा किन्नेहरूको बाक्लो भीड लाग्ने गरेको छ ।

काठमाडौंमा मात्रै हरेक दिन करीब ४० लाखभन्दा बढी रुपैयाँ बराबरको न्यानो कपडाको माग हुने गरेको उनले जानकारी दिए ।  भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल आयात गर्न भाडादर सस्तो भएकाले त्यताबाट आयात हुने कपडाको मूल्य अघिल्लो वर्षको तुलनामा घटेको बताइएको छ । श्रेष्ठले दिएको जानकारीअनुसार समुद्री मार्गमार्पmत सामान आयात गर्दा गतवर्षको तुलनामा भाडादरमा करीब ५० प्रतिशत कमी आएको छ ।

तपाईको प्रतिक्रिया