आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

– पुदिनाको कमलो हाँगा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नून मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन ।

– एक कप पानीमा एकएक चम्चा सुप र अलैँची राखी उमाल्ने र पिउने गर्नाले वा अलैँची सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउँदैन ।

– एक चम्चा दालचिनीलाई मसिनो टुक्रा पारी पानीमा भिजार उमाल्ने अनि उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुर्गन्ध हट्दछ ।

– कागती मिलाएको पानीले मुख कुल्ला गर्नाले मुखमा सुगन्ध फैलिन्छ ।

– सुकमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकुमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

तपाईको प्रतिक्रिया