Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

राम्रो मसलका लागि व्यायाम गर्ने कुरा त सबैलाई थाहै छ । तर राम्रो निद्राका चाहिएमा पनि व्यायामले सहायता गर्छ भन्ने कुरा धेरैका लागि नौलो हुन सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निद्रामा ध्यान दिएन भने मांसपेशीको विकास हुन पाउँदैन । अधुरो निद्राले सम्पूर्ण स्वास्थ्यलाई नै असर पार्छ । इन्स्टिच्युट अफ ह्युमन मुभमेन्ट सायन्स एन्ड स्पोर्टका अनुसन्धानकर्ताहरूले सुत्नुभन्दा चार घण्टाअघि व्यायाम गर्दा गजबको निद्रा आउने बताएका छन् ।

उनीहरूले बेलुका व्यायाम गर्दा वा खेल खेल्दा स्लिप क्वालिटीमा सकारात्मक प्रभाव पर्ने बताए । अनेकौँ अनुसन्धानका संयुक्त आँकडाले के देखाए भने साँझमा व्यायाम गर्ने मानिसले आफ्नो सम्पूर्ण निद्रा अवधिको २१.२ प्रतिशत समय गहिरो निद्रामा बिताउँछन् । अनि साँझमा व्यायाम नगर्नेहरूको हकमा यो समय १९.९ प्रतिशत मात्र रह्यो ।

यसो हेर्दा त यो अन्तर कमै हो जस्तो लाग्छ तर यसलाई निकै महत्त्वपूर्ण मान्नुपर्छ । शरीर पुनर्ताजगी गर्नका लागि गहिरो निद्रा आवश्यक हुन्छ । तर सुत्नुभन्दा एक घण्टाअघि मात्र व्यायाम गर्दा चाहिँ निद्रा बिग्रने सम्भावना हुन्छ ।

तपाईको प्रतिक्रिया