शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – बल्खु खोलामा एक महिलाको शव फेला परेको छ । कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुल नजिकै गोर्खाकी करिब ४० वर्षीया शान्ता थापा मगरको शव फेला परेको हो ।

गोर्खा नगरपालिका-२ की शान्ता हाल कीर्तिपुर बस्दै आएको खुलेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । बिहान मर्निङवाक गर्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको एसपी बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया