Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पुर्‍याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउँछौं होला ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अनि त गर्दन दुख्ने र अनेकथरी रोग लाग्ने त भइहाल्छ नि । हामी गर्दनको पीडा निको गर्ने केही योगासनहरूको चर्चा गर्दैछौं ।

बालासन
यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ ।

यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस् । अब शिरलाई जमीनमा पुर्‍याउने प्रयत्न गर्नुस् । आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस् । त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ । नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस् ।

यस स्थितिमा १५(२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस् ।

यो आसन गर्दा गर्दनको पीडा हराउँछ र मन पनि शान्त हुन थाल्छ अनि कम्मर, तिघ्रा र पिडुँलाहरू लच्किलो हुन थाल्छन् ।

मत्स्यासन
यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ ।

यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस् ।

अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस् ।

आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस् ।

जतिबेर यस अवस्थामा रहन सक्नुहुन्छ रहनुस् अनि सामान्य स्थितिमा फर्किनुस् ।

विपरीतकर्णी आसन
यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ ।

यो आसन गर्नका लागि ढाड पल्टाउनुस् ।

आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस् ।

आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस् ।

केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस् ।

यसबाहेक मार्जरी आसन, भुजंगासन र शवासनले पनि पीडा हटाउन मद्दत गर्छन् ।

तपाईको प्रतिक्रिया