शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले विचारले नचलेको पार्टी भएको बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एमालेमा विचार नभएको बताएका हुन् ।

एमालेमा विचारमा बहस नहुने गरेको पनि उनको आरोप छ । ‘एमालेमा विचार-सिचार भन्ने हुँदैन । त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन् । जबज छ । अहिले मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ,’ प्रचण्डले भने ।

एमालेका दोस्रो तहका नेताहरूबाट आफूहरूले आस गरे पनि धोका पाएको दाहालको भनाइ थियो । उनले अगाडि भने, ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने गर्‍या छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’ नेकपा माओवादी केन्द्र पनि अरू पार्टीकै पथमा जान लागेकाले बेलैमा सच्चिनुपर्ने दाहालको भनाइ थियो ।

तपाईको प्रतिक्रिया