शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानकाे ओकिनावा प्रान्तस्थित नाहामा एक युवालाई आक्रमण गरी २० लाख येन लुटिएको छ । नाहामा रहेकाे आफ्नो अपार्टमेन्टबाट बाहिर निस्कँदै गरेका ३० वर्षीय युवालाई छुरा प्रहार गरी २० लाख येन लुटिएको हो ।

प्रहरीका अनुसार घटना शनिबार दिउँसो ४ः१० बजेको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार, ती व्यक्ति आफ्नो अपार्टमेन्टबाट नगद सहितको काँधको झोला लिएर जाँदै थिए । जब उनी सिडी झर्दै थिए, उनलाई दुई जनाले आक्रमण गरे । आक्रमणकारीमध्ये एकले देब्रे खुट्टा र जाँघमा छुरा प्रहार गरेका थिए भने अर्का व्यक्तिले उसको झोला समाते ।

पीडितले ११० मा फोन गर्न सफल भए । उनलाई अस्पताल लगिएको थियो, डाक्टरहरूका अनुसार उनी खतरामुक्त छन् । ‘ती व्यक्ति एक बार चलाउँथे,’ प्रहरीले भन्यो, ‘झोलामा रहेको पैसा कर्मचारीहरूलाई दिनुपर्ने थियो ।’

तपाईको प्रतिक्रिया