शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) सम्भव भएसम्म मन्त्रिपरिषद् बिस्तार र शपथग्रहण गराउने तयारी भइरहेको बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेललाई सम्बोधन गर्दै उनले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको जानकारी गराए । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोमबार शपथग्रहण नभए पनि टुङ्ग्याउने पक्षमा रहेको जानकारी गराए । उनले भने, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुङ्ग्याउन चाहिँ आज टुङ्ग्याउने कुरा भएको छ ।’

अध्यक्ष प्रचण्डले एमालेमा विचार र सिद्धान्त नभएको टिप्पणी गर्दै सूर्य चिन्ह र मदन भण्डारी तस्बिर देखाइरहेको बताए । एमालेले अहिले केपी ओलीलाई नै मदन भण्डारी बनाउन खोजेको बताए । माओवादीले समातेको लाइन सही भएको उनको दाबी गरे । जनमत निर्माणमा बुद्धिजीवी सङ्गठनलाई मास्कवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढङ्गले जनता समक्ष बुझाउन पनि उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया