सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडाैं – अफगानिस्तान कब्जा गरेपछि पनि तालिबानको व्यवहारमा सुधार नआएपछि खाडी राष्ट्र कतारले तालिबानप्रति असन्तुष्टी व्यक्त गरेको छ ।

खासगरी महिलाहरूप्रति तालिबानले गर्दै आएको व्यवहारले सबैलाई निराश बनाएको कतारले जनाएको छ । यस्तो व्यवहारले तालिबान झन्झन् पछि जाने कतारले दाबी गरेको छ ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अम्दुलरहमान अल थानीले इस्लामिक शासन कस्तो हुन्छ भन्ने कतारबाट सिक्न पनि तालिबानलाई आग्रह गरेका छन् ।

‘अफगानिस्तानमा हालै गरिएको फैसला दुर्भाग्यपूर्ण छ । यो एकदमै निराशाजनक छ,’ कतारका विदेशमन्त्री थानीले पत्रकार सम्मेलनमा भने ।

तपाईको प्रतिक्रिया