Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं नेपालीहरूको महान चाड दशै, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारमा रहेका नेपाली कामदारमाथि रेमिट्यान्स कम्पनीहरूले आँखा लगाउन थालेका छन् । नेपाली कामदारको आर्जनलाई आधार बनाएर खोलिएका रेमिट्यान्स कम्पनी वर्षैभरी कामदारको कारोवारमा निर्भर रहने गरेपनि चाडपर्वमा उनीहरूले सकेसम्म धेरै रकम पठाउने भएका कारणले रेमिट्यान्स कम्पनी विशेष चनाखो भएका हुन् ।

राष्ट्र बैंकले बैकिङ च्यानलको औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउन र भित्रिएको रेमिट्यान्स बैंकमा जम्मा गरेमा सामान्य भन्दा १ प्रतिशत बढी ब्याज दिनुपर्ने नीति लिएको छ भने रेमिट्यान्स कम्पनीहरुले पनि विभिन्न अफरहरु ल्याई वैदेशिक रोजगारीमा रहेका कामदारहरूलाई आकर्षित गर्न थालेका छन् ।

चाडपर्वमा घरपरिवारको खर्च बढ्ने भएका कारण कामदारहरुले अन्य अवधिमा भन्दा १५ देखि २० प्रतिशत बढी रेमिट्यान्स पठाउने गरेको रेमिट्यान्स कम्पनी सञ्चालकहरूको अनुभव छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा पछिल्ला वर्षहरूमा उल्लेख्य गिरावट अएपनि नेपाल भित्रिने रेमिट्यान्स खासै नघटेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्ष ९ खर्ब ६१ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क भने महँगो मानिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठित एक कार्यदलले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने खर्च घटाउन सुझाव दिएको थियोे । तर प्रतिवेदन कार्यान्वयन भइसकेको छैन । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बुझाइएको प्रतिवेदनमा रोजगार गन्तव्य मुलुकहरुबाट नेपालमा २ सय अमेरिकी डलर पठाउँदा साढे चार प्रतिशत र ५ सय डलर पठाउँदा औसतमा ३ प्रतिशत लागत लाग्ने गरेको उल्लेख छ ।

रेमिट्यान्स लक्षित गरेर आइएमईले ‘डबलको डबल अफर’, वेस्टर्न युनियनले नेपालमा ‘क्यासउत्सव’, सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ जस्ता प्याकेज ल्याएका छन् । तर उनीहरूले शुल्क भने घटाएको देखिएको छैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया