Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – वीर अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानाले प्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत निजामती कर्मचारीको तह र श्रेणीका साथै शैक्षिक पद सह-प्राध्यापक सरह नमिलेको बताउँदै ढुंगानाले पदक नलिने घोषणा गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेमा देख्दा खुशी लागेता पनि पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवम् प्रदानसम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी साथसाथै मेरो शैक्षिक पद (सह प्राध्यापक) सरह नमिलेको हुनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सहर्ष अस्वीकार गरेको घोषणा गर्दछु ।

पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गदै नेपाल सरकारले भविष्यमा प्रदान गर्ने पुरस्कार मान पदवी सम्मानहरू विवादरहित रहोस् भने कामना गर्दछु । साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यवाद नै सबैभन्दा ठूलो पुरस्कार हुने हुँदा सो पाइराख्ने आशा गर्दछु ।’

तपाईको प्रतिक्रिया