Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं — फेसबुकमाथि दक्षिणपन्थीका सामग्रीहरू बढी फैलाएको आरोप लागेपछि कम्पनीले आफ्नो प्लेटफर्ममा सबैभन्दा धेरै हेरिएका पोस्टहरू सार्वजनिक गरेको छ ।

तर, आश्चर्यजनक ! यसमा सबैले अपेक्षा गरेका राजनीतिक विषयवस्तु नभएर व्यर्थका प्रश्न गरिएका पोस्टहरूले फेसुबकमा सबैभन्दा बढी ‘भ्युज’ पाएको देखिएको छ । जस्तै, खानेकुरा ‘स्पागेटी’मा चिनी हाल्नु ठिक हो कि होइन ? भन्नेजस्ता पोस्ट प्रयोगकर्ताहरूमाझ धेरै लोकप्रिय रहेको पाइएको हो ।

व्यक्तिहरूको न्युज फिडमा देखा पर्ने कन्टेन्टबारे फेसबुकको यो अहिलेसम्मकै पहिलो रिपोर्ट हो । रिपोर्ट अनुसार शब्दहरूमार्फत हाम्रो वास्तविकता देखाउने दाबी गरिएको ‘फर्स्ट थ्री वर्डस यु सी आर योर रियालिटी’ भन्ने पोस्ट २०२१ मा तीन महिनासम्म सबैभन्दा बढी हेरिनेमा शीर्ष स्थानमा रहेको थियो । सो पोस्टमा ११ लाख लाइक आएको छ भने ७० लाखभन्दा धेरैले कमेन्ट गरेका छन् । त्यसको सेयर पनि तीन लाख ९४ हजारभन्दा बढी छ ।

त्यस्तै, स्पागेटीमा चिनी हाल्नुपर्छ कि पर्दैन भन्ने बहसयुक्त पोस्ट पनि सूचीमा चौथोमा परेको छ, जसलाई  पाँच करोड ८६ पटक हेरिएको छ भने ३८ लाखले कमेन्टमा बहस गरेका छन् ।

‘म बूढो भइसकेँ तर पनि जवान नै छु’ भन्ने अर्को एउटा तस्बिर राख्ने च्यालेन्जमा पनि ५० लाखभन्दा धेरै प्रयोगकर्ता सहभागी भएको देखिएको छ ।

यसमा फेसबुक पेज ‘द टिपिकल मम’ मात्र यस्तो पेज थियो, जसका दुईवटा पोस्ट शीर्ष २० मा परेका थिए । तीमध्येको एउटा पोस्ट थियो, ‘२८ मा ४७ जोड्यो भने हाम्रो दिमागभित्र के हुन्छ ?’

यसरी सबैभन्दा धेरै हेरिएका र प्रयोगकर्ताले बढी अन्तरक्रिया गर्ने शीर्ष २० पोस्टहरू यस किसिमका व्यर्थका कम गुणस्तरीय प्रश्नहरू भएको रिपोर्टले देखाएको छ ।

रिपोर्टले यसमा कस्तो पोस्ट सबैभन्दा धेरै हेरिन्छन् र कस्ता पोस्टमा मानिस लाइक, कमेन्ट र सेयरमार्फत सबैभन्दा बढी सहभागी हुन्छन् भनेर छु्ट्ट्याउनमा पनि सबैको ध्यानाकर्षण गराउन खोजेको छ ।

यता, फेसबुकको अन्तरक्रिया मापन गर्ने अर्को टुल क्राउनट्यांगलले संकलन गरेको डाटा भने फेसबुकको रिपोर्टभन्दा ठिक फरक छ । काउडट्यांगलले यसअघि फेसबुकमा दक्षिणपन्थी राजनीतिक सामग्रीहरू सबैभन्दा व्याप्त रहेको जनाएको थियो । तर, फेसबुकले यसलाई अस्वीकार गर्दै प्रयोगकर्ताले हेर्ने सामग्रीमा केबल ६ प्रतिशत मात्र राजनीतिक भएको दाबी गर्दै आएको छ ।

नयाँ रिपोर्ट सबैभन्दा बढी हेरिएको पोस्टमा केन्द्रित गराइएको छ, जसको सूचीमा सबै हानिरहित सामग्री मात्र छन् ।

शीर्ष २० का दुईवटा पोस्टचाहिँ उल्लेखनीय रूपमा फरक रहेको पाइएको छ । यसमा छैटौँ स्थानमा जो बाइडेनले पदभार गरेको १०० दिनमा उनले राखेको पोस्ट र दशौँ स्थानमा ‘फाइभ मिनेट क्राफ्ट्स’को पोस्ट थियो, जसमा ‘सानो प्याडलिङ पुल’ कसरी बनाउने भनेर सिकाइएको छ ।

त्यस्तै, सबैभन्दा बढी हेरिएका साइटहरूमा युट्युब, अमेजोन र बालबालिकाहरूको च्याटिरी युनिसेफ शीर्ष तीनमा परेका छन् । त्यस्तै, एबीसी न्युज, डेली मेल, एनबीसी न्युज, सीएनएन र सीबीएस पनि शीर्ष २० मा परेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया