काठमाडौं – रकम जम्मा गर्न अब बैंक कार्यालयमै पुग्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ । ग्राहकको सहजताका लागि नबिल बैंकले बुधबारदेखि नबिल क्यास मसिन ल्याएपछि एटीएममार्फत रकम झिक्ने मात्र नभई बैंक खातामा जम्मा पनि गर्न सक्ने सुविधा सुरु भएको छ ।
याे प्रविधि बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । विस्तारै अन्य एटीएम बुथमा पनि यो प्रविधिबाट रकम जम्मा गर्ने सुविधा दिइने बैंकले जनाएको छ ।