Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

अहिलेको समयमा राति निन्द्रा नपर्ने समस्या आम भइसक्यो । अधिकाशं मानिस राति पुर्ण र राम्ररी निदाउन नसक्दा समस्यामा पर्ने गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

धेरैलाई थाहा नहुन सक्छ, खाना जतिकै निन्द्रा पनि शरिरको आवश्यकता हो । यसकालागि मानिस २४ घण्टाको अवधीमा न्युनतम ७/८ घण्टा निदाउन आवश्यक छ । अन्यथा निद्रा प्रभावित भएमा दैनिक कामकारबाहीदेखि स्वास्थ्यमा समेत असर पर्दछ ।

अनिद्राले चिढचिढाहट हुने, काममा मन नलाग्ने, आँखाको तल्लो भागमा कालो घेरा देखिने, पेटसम्बन्धी समस्या हुने तथा दिर्घकालिन रुपमा उच्च रक्तचाप, मोटोपना, मधुमेह रोग समेत हुन सक्छ । तर निद्राले शरीर र मस्तिष्क दुबैलाई स्वस्थ एवम् चुस्त राख्दछ ।

बढी चिन्ता लिने, मनमा कुरा खेलाउने तथा एकाग्र हुन नसक्नेहरुमा अनिन्द्राको समस्या हुने गर्दछ । अनिद्रा मदिरा तथा लागुपदार्थ सेवन, मानसिक तथा शारीरिक समस्या बाहेक अन्य कारणले पनि हुनसक्छ । लगातार अनिन्द्रा भएमा चिकित्सकको परामर्श लिन अत्यन्त आवश्यक छ ।

अनिन्द्राबाट बच्न, राति अबेरसम्म जागा बस्नु हुँदैन । थकाइ लागेको समयमा नै सुत्नुपर्छ । साथै सधैं दिनहुँ सुत्ने र उठ्ने समय एकनाशको हुनु पर्दछ । यस अलावा सुत्ने ओच्छ्यान र वातावरण निन्द्रा जगाउने खालको हुनु पर्दछ । सुत्ने कोठा अँध्यारो र शान्त हुनुपर्छ । –एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया