शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – युरोपेली संघले एक सातामा १२ वटा प्रान्तीय राजधानी कब्जा गर्दै राजधानी काबुलतर्फ अघि बढेको तालिबानलाई हिंसाबाट सत्ता कब्जा गरे अन्तर्राष्ट्रिय समुदायबाट अलग गर्ने चेतवानी दिएको छ ।

पछिल्लो २४घण्टामा तालिबानले अफगानिस्तानका तीन ठूला सहर गजनी,हेरात र कान्दाहार कब्जा गरेको छ । तालिबान अब राजधानी काबुलबाट मात्र १३० किलोमिटर पर रहेको छ ।

तालिबानले हिंसाबाट स्थापना गर्ने स्लामिक शासनलाई मान्यता नदिने पनि इयूले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया