सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – भुटान सरकारले नेपाललाई दिएको तीन लाख डोज एस्ट्राजेनेको खोप आज काठमाडौं आइपुगेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट डुक एयरको कार्गो विमानले काठमाडौंमा खोप ल्याएको हो ।

उक्त जहाज आज शुक्रबार बिहान ९ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । स्वास्थ्य सेवा विभागले उक्त खोप कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएकालाई दिने बताएको छ ।

तपाईको प्रतिक्रिया