Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – टोकियो ओलम्पिकअन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा बेल्जियमले भारतलाई पराजित गरेको छ । विश्व च्याम्पियन बेल्जियमले भारतलाई ५-२ ले हराएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हारपछि भारतीय कप्तान मनप्रित सिंहले भने, ‘यो समय मेरो लागि धेरै गाह्रो समय हो । किनभने हामी जित्ने लक्ष्यका साथ आएका थियौँ, तर दुर्भाग्यवश हामी जित्न सकेनौँ । तर, अब हाम्रो सम्पूर्ण ध्यान बिहीबार हुने खेलमाथि हुनेछ ।’

अब कास्य पदकका लागि भारतले अस्ट्रेलिया र जर्मनीमध्ये एकको सामना गर्नेछ । यस प्रतिस्पर्धा जित्न सकेमा भारतीय पूरुष टिमलाई ४१ वर्षपछि ओलम्पिक पदक प्राप्त हुनेछ । २०१२ को लण्डन ओलम्पिकमा बेल्जियमले भारतलाई ३-० ले हराएको थियो । त्यसैगरी २०१६ को रियो ओलम्पिकमा ३-१ ले हराएको थियो । लण्डनमा समूह चरण र रियोमा क्वाटरफाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

बेल्जियमको टिम यस ओलम्पिकमा सर्वाधिक गोल गर्ने टिम हो । उसले अहिलेसम्म ३४ गोल गरिसकेको छ । सेमिफाइनलमा पनि यस टोलीका खेलाडीहरु निकै लयमा देखिए । त्यसैगरी डिफेन्समा बेल्जियमलाई विश्वकै बलियो टिम मानिन्छ । त्यसको प्रमाण यस ओलम्पिकमा पनि देखियो । उसले अहिलेसम्म सबैभन्दा कम १० गोल खाएको छ । जारीओलम्पिकमा सेमिफाइनलसम्म १८ गोल गरेको भारतले १४ गोल खाएको छ ।

तपाईको प्रतिक्रिया