Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – टोकियो ओलम्पिकमा नवौं दिनसम्म पदक जित्ने देशको संख्या ७२ पुगेको छ । त्यस्तै नवौं दिनसम्म आउदा १८० स्वर्ण पदकको छिनोफानो भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नवौं दिनको खेल सकिदा चीन शीर्ष स्थानमाकाय्म रहेको छ । पदक तालिकामा चीन २४ स्वर्ण, १४ रजत र १३ काश्य पदकसहित कुल ५१ पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै अमेरिका २० स्वर्ण, २३ रजत र १६ काश्य पदकसहित ५९ पटक जितेर दोस्रो स्थानमा भने आयोजक जापानले १७ स्वर्ण पदकसहित ५ रजत र ९ काश्य पदक गरि कुल ३१ पटक जितेर पदक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलियाले १४ स्वर्ण, ३ रजत र १४ कश्य पदकसहित ३१ पदक जितेर चौथो स्थानमा रहेको छ भने रसियन ओलम्पिक कमिटीले १२ स्वर्ण, १९ रजत र १३ कश्य पदकसहित कुल ४४ पदक जितेर पाँचौं स्थानमा रहेको छ । त्यस्तै ग्रेट ब्रिटेनले १० स्वर्ण, १० रजत र १२ काश्य पदकसहित कुल ३२ पदक जितेर छैटौ स्थानमा छ भने फ्रान्सले ५ स्वर्ण, १० रजत र ६ काश्य पदक जितेर सातौ स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेर आठौ स्थानमा छन् भने इटाली ४ स्वर्ण, ८ रजत र १५ काश्य पदक जितेर नवौं तथा नेदरल्याण्डस् ४ स्वर्ण, ७ रजत र ६ काश्य पदक जितेर दशौँ स्थानमा रहेको छ । त्यस्तै चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र एक काश्य पदक जितेको छ भने क्यानाडाले ३ स्वर्ण ४ रजत र ७ काश्य पदक जितेको छ ।

त्यस्तै स्वीट्जरल्याण्डले ३ स्वरण, ४ राजत र ५ काश्य पदक जितेको छ भने क्रोसियाले ३ स्वर्ण तथा २-२ रजत र काश्य पदक जितेको छ । त्यसैगरी चाइनिज ताईपेइले२ स्वर्ण र ४-४ रजत तथा काश्य पदक जितेको छ भने ब्राजिलले २ स्वर्ण, ३ रजत र ५ काश्य पदक जितेको छ । त्यसैगरी हंगेरीले २-२ स्वर्ण, रजत र काश्य पदक जितेको छ भने स्लोभानिया, इक्वेडर, कोसोभो र कतारले २-२ स्वर्ण पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया