Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं — ३२औँ गिष्मकालीन टोकियो ओलम्पिक सुरु भएको शुक्रबार एक साता भएको छ । खेलाडीले टोकियोमा दोहोरो, तेहोरोदेखि पाँचौँपटकसम्म ओलम्पिकमा सहभागिता जनाएको रेकर्ड राखेका छन् । फरक–फरक देशका सम्भावित स्वर्ण दाबेदार खेलाडी पहिलो चरणबाटै घर फर्किदा त्यत्तिकै चर्चामा रहे । अप्रत्यासित नतिजा निकालेका तथा स्वर्ण विजेता खेलाडीहरूको प्रशंसा चलिनै रहेको छ । ११ हजार ओलम्पियनबीच एक सिरियाकी युवती खेलाडीको विशेषतः चर्चा अन्तर्राष्ट्रिय मिडियाहरूले उत्तिकै गरिरहेका छन् । उनी हुन् १३ वर्षीया टेबलटेनिस खेलाडी हेन्ड जाजा ।

टोकियो ओलम्पिकमा जाजाको नाम बारम्बार लिइरहनुको पछाडि एउटै मात्र कारण हो, सहभागीमध्ये उनी सबैभन्दा कान्छी खेलाडी । यति मात्र होइन, जाजा सन् १९६८ पछिको ओलम्पिक इतिहासकै सबैभन्दा कान्छी खेलाडीका रूपमा दर्ता भएकी छिन् । सन् १९६८ मा स्केटिङकी ११ वर्षीया बिआट्रिक हस्टिउले कम उमेरमा ओलम्पिक खेल्ने रेकर्ड बनाएकी थिइन् । एक दशकदेखि द्वन्द्वग्रस्त क्षेत्र सिरियाबाट १३ वर्षीया टेबलटेनिस खेलाडी जाजाले ओलम्पिकमा छनोट चरण पार गरी भाग लिँदै छिन् भनी सुरुमा खासै पत्यानन् ।

घरेलु हिंसाको चपेटामा परेको सिरियाजस्तो देशबाट भर्खरकी १३ वर्षीया खेलाडी जाजाले छोटो समयमै ओलम्पिकमा स्थान बनाउनु आफैँमा अचम्म र असम्भव पक्ष हो । यही साता अस्ट्रेलियाकी ३९ वर्षीया प्रतिद्वन्द्वीविरुद्ध जाजाले एकल स्पर्धामा प्रतिस्पर्धा गरिन् । लामो सिल्की कपाल, सानो ब्याग र हल्का ग्रे कलरको टिसर्ट लगाएकी जाजाले अनुभवी तथा आफूभन्दा २६ वर्ष जेठी अस्ट्रेलिया खेलाडीसँग कडा चुनौती प्रस्तुत गरिन् ।

जाजा पहिलो चरणबाटै ओलम्पिकबाट बिदा भइन् । जाजाले परिवारको सहयोगकै कारण ओलम्पिक यात्रामा सम्भव भएको बताएकी छिन् । ‘सिरियाजस्तो सधैँ गोली र बम विस्फोट हुने देशबाट ओलम्पिक खेल्नु चानचुने कुरा होइन, यसमा मलाई मेरो परिवारबाट ठूलो सहयोग प्राप्त भएको छ,’ ओलम्पिक यात्रा सम्भव हुनुपछाडि कारण व्याख्या गर्दैै जाजाले भनिन्, ‘दिनदिनै गोलीको आवाज सुनेर मैले टेबलटेनिस अभ्यास गरेकी थिएँ ।’ द्वन्द्वका कारण सिरिया दिनदिनै तहननहस भइरहँदा नगरपालिकाले व्यवस्था गरेको टेबलटेनिस बोर्डमा अभ्यास गरेको उनको भनाइ छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया