काठमाडौँ – टोकियो ओलम्पिकमा सातौं दिन पदक जित्ने देशको संख्या ६३ पुगेको छ । त्यस्तै सातौं दिन थप २१ स्वर्ण पदकसहित अहिलेसम्म १३३ स्वर्ण पदकको छिनोफानो भएको छ ।
सातौ दिनको खेल सकिदा पदक तालिकामा चीन १९ स्वर्ण, १० रजत र ११ काश्य पदकसहित कुल ४० पदक जितेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै आयोजक जापानले १७ स्वर्ण पदकसहित ४ रजत र ७ काश्य पदक गरि कुल २८ पटक जितेर पदक तालिकामा दोस्रो स्थानमा कायम रहेको हो ।
त्यस्तै अमेरिका १४ स्वर्ण, १६ रजत र ११ काश्य पदकसहित ४१ पटक जितेर तेस्रो स्थानमा छ । त्यस्तै रसियन ओलम्पिक कमिटीले १० स्वर्ण, १४ रजत र १० कश्य पदकसहित ३४ पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यस्तै अस्ट्रेलिया पनि ९ स्वर्ण, २ रजत र ११ कश्य पदकसहित २२ पदक जितेर पाँचौ स्थानमा रहेको छ । त्यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ९ रजत र ९ काश्य पदक जितेर छैटौ स्थानमा छ भने दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ६ काश्य पदक जितेर सातौ स्थानमा रहेको छ ।