Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं — विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने अपराधले नेपाली समाजमा गम्भीर प्रभाव देखाउन थालेको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई अन्य मुलुकमा झै नेपालको कानुनले साइबर अपराध मानेको छ ।

नेपालमा अहिले दुई वटा सामाजिक सञ्जाल चल्तीमा छन्, फेसबुक र ट्वीटर । तर बढी जसो साइबर अपराध भने फेसबुकमार्फत हुन थालेका छन् । नेपालमा अहिले यही प्रवृति देशव्यापी बन्दा खोटाङका युवतीहरु समेत तनावमा परेका छन् ।

खोटाङ जिल्लाको विभिन्न ठाउँका १२ जना युवतीहरुलाई ‘यो मायाको सागर’ नामको फेसबुक आईडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा अर्थात स्वीकार्दा उनीहरुले यति बढी तनाव झेल्नु प-यो, जस्को असर उनीहरुको परिवार र समाजमा नै देखिन पुग्यो ।

यो मायाको सागरले यसरी डुबायो युवतीहरुलाई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई पहिले ‘यो मायाको सागर’ नामको फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आयो । रिक्वेष्ट आएको फ्रेण्डलिष्टमा आफ्नै गाउँका दिदी बहिनीहरु देखेपछि चिनजानकै मान्छे ठानेर फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरिन् । तर त्यही ‘यो मायाको सागर’ नामको आईडीले नसोचेको तनाव दियो ।

यसै गरी सोही ठाउँकी अर्का १९ वर्ष र २१ वर्षकै युवतीलाई पनि सो आइडीले यसरी नै पीडित बनाएको छ । फेसबुक आइडीबाट तिनै युवतीको तस्बीर राखेर व्यक्तिगत मान, सम्मान र इज्जतमा दाग लाग्ने खालका शव्द प्रयोग गरेर आफन्तलाई ट्याग गरिदिने गरेकाले उनीहरुपनि तनावमा छन् । आइडीबाट युवतीहरुको टाइमलाईनमा राखिएका र ट्याग गरिएका सामग्री आफन्तसँगसँगै बसेर पढ्न सकिन्न ।

पीडित युवतीको संख्या थपिदै,अभिभावक चिन्तित

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेदेखि काभ्रेसम्मका १५ जना बढी युवती पीडित भएका छन् ।

अपराधीको नजिक प्रहरी

नक्कली फेसबुक अकाउण्ट बनाएर युवतीका सामाजिकरुपमा चरित्रहत्या गर्ने व्यक्तिको खोटाङ प्रहरीले यथार्थ चाँडै सार्वजनिक गर्ने तयार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार किशोरीहरुलाई फ्रेण्ड लिस्ट खोज्ने, रिक्वेष्ट पठाउने र त्यहीबाट तस्बीर तानेर आईडीमा पोष्ट गर्ने गरेको पाईएको छ । फेक आइडी चलाइरहेको स्थान र व्यक्तिको बारेमा पत्ता लागिसकेको पनि खोटाङ प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया