Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्दै थप खोप सहयोगबारे जानकारी गराएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड-१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् । सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोपलगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो । नेपाल सरकारले पनि चीनबाट ४० लाख डोज खोप खरिद गरेको छ ।

यसअघि अमेरिकाले एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन कम्पनीको १५ लाख ३० हजार, भारतले ११ लाख डोज र जापानले १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । त्यस्तै नेपालले कोभ्याक्सबाट ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ । नेपालले भारतबाट २० लाख डोज खरिद गरेकोमा हालसम्म १० लाख डोज मात्रै आएको छ ।

तपाईको प्रतिक्रिया